Kathmandu Press

भूपि पुरस्कारका लागि आवेदन आह्वान

बागलुङ, मंसिर २५ : धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्ष प्रदान गरिने संस्थागत तर्फको ‘भूपि पुरस्कार’का आवेदन माग गरेको छ।आगामी पुस १० गते...
भूपि पुरस्कारका लागि आवेदन आह्वान

बागलुङ, मंसिर २५ : धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्ष प्रदान गरिने संस्थागत तर्फको ‘भूपि पुरस्कार’का आवेदन माग गरेको छ।

आगामी पुस १० गते ८७ औं भूपि जयन्ती समारोहमा प्रदान गरिने पुस्कारका लागि यही मंसिर मसान्तभित्र प्रतिष्ठानमा आइपुग्ने गरी आवेदन आह्वान गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए।

नगद रु. २५ हजार राशिको उक्त पुरस्कार साहित्यिक÷सांस्कृतिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि प्रदान गर्ने गरिएको छ। भूपि शेरचनका नाममा पुस्तकालय, वाचनालय, विद्यालय, प्रतिमा, अक्षयकोष निर्माणलगायत प्रवद्र्धनात्मक कार्य गरिरहेको संस्थाले आफ्नो विवरणसहित आवेदन पठाउन सक्ने अध्यक्ष रोशनले बताए।

यसअघि विसं २०७६ मा संस्थागत तर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो। समाज बुटवलमा भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय र अक्षयकोष स्थापना गरी भाषा, साहित्यको उत्थानमा क्रियाशील छ।

प्रतिष्ठानले स्रष्टातर्फ गत वर्षको भूपि पुरस्कार स्याङ्जामा जन्मेका लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गरेको थियो। ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि उनी पुरस्कृत भएका थिए। (रासस)

प्रकाशित मिति: ०७:०८ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्