Kathmandu Press

अदालतको विषयमा अरुले हस्तक्षेप गर्न मिल्दैन : महन्थ ठाकुर

काठमाडाैं, मंसिर २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले हल गर्नुपर्ने धारणा राखेका छन्। नेपाली...
अदालतको विषयमा अरुले हस्तक्षेप गर्न मिल्दैन : महन्थ ठाकुर

काठमाडाैं, मंसिर २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले हल गर्नुपर्ने धारणा राखेका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनमा नेता ठाकुरले भने, 'विवादको छिनोफानो गर्ने न्यायाधीश र अदालत आफैँ फसेको छ। सर्वोच्च आफैँ मिलेर छिनोफानो गर्नुपर्ने अवस्था छ, अरुले हस्तक्षेप गर्न मिल्दैन।'

वर्तमान संविधानमा केही त्रुटी रहेकाले आफूको असन्तुष्टि कायमै रहेको भन्दै उनले मधेशीको मुद्दालाई चाडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। असन्तुष्टिको आवाज उठाउँदा मधेश आन्दोलन र थरुहट आन्दोलन सिर्जना भएको र त्यसमा सङ्लग्न नेता कार्यकर्ता अझै बन्दी अवस्थामा रहेको भन्दै रेशम चौधरीलगायत नेता कार्यकर्ताको रिहाइका लागि अनुरोध पनि गरे।

Hardik ivf

नेता ठाकुरले मधेशी समुदायले उठाएका मागको चाडो सम्बोधन नभए पुनःसङ्घर्षमा उत्रन बाध्य हुने जिकिर गरे। उनले पार्टीमा स्थिरता नभए सरकार पनि अस्थिर हुनेहुँदा प्रभावकारी काम नहुने भन्दै पार्टी पङ्तीलाई एकताबद्ध गर्दै देशको शासन प्रणालीलाई सुदृढ तुल्याउन सरकारको नेतृत्वकर्ता दल कांग्रेसलाई आग्रह गरे।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वले मात्रै लोकतन्त्रलाई बलियो र सुदृढ तुल्याउने भन्दै त्यसैको जगमा मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले समानतासहितको आर्थिक स्वतन्त्रता, सामाजिक न्याय र सबैखाले विभेद अन्त्य हुनेगरी राज्यका निकायमा सबैको पहुँच हुनुपर्ने धारणा राखे।

नेता यादवले विगतमा भएका विभिन्न आन्दोलन र त्यसताका गरिएको सम्झौता पुरा गर्न ढिलो गर्न नहुने भन्दै उनले सबै समुदायको राष्ट्रिय पहिचानलाई सुरक्षित गर्न सबै दलको दायित्व भएको तर्क गरे। उनले मुलुकको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै संवैधानिक निकायलाई सक्षम, क्रियाशील र प्रभावकारी बनाउन सबै जिम्मेवारिपूर्वका लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्