Kathmandu Press

संस्कृतिले समाजलाई एकताबद्ध गर्छ : मन्त्री आले

काठमाडाैं, मंसिर २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मुलुकमा सबै जाति समुदायका पर्व तथा संस्कृतिले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका...
संस्कृतिले समाजलाई एकताबद्ध गर्छ : मन्त्री आले
Hardik ivf

काठमाडाैं, मंसिर २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मुलुकमा सबै जाति समुदायका पर्व तथा संस्कृतिले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सवको उद्घाटनमा मन्त्री आलेले सबै जातिका मौलिक परम्पराका साथै भाषा, संस्कृतिलाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले विभिन्न रिति रिवाज तथा संस्कृतिले तामाङ समुदाय भरिपूर्ण रहे पनि उनीहरूका शिक्षा, स्वास्थ्यलगायत जीवनस्तर सुदृढ हुन नसकेकामा चिन्ता व्यक्त गरे। नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले देशमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिले राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा गौरब बढाएकाले उनीहरूका परक संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

युवा सङ्घ स्थायी समिति सदस्य विजय लामाले राष्ट्रलाई सांस्कृतिकरूपमा धनी बनाउन तामाङ जातिको सेलो नृत्य, गायन, वेषभूषाको विशेष महत्व रहेको उल्लेख गर्दै यीनलाई संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे। चुच्चेपार्टीस्थित हायत होटेलपरिसरमा दुई दिनसम्म चल्ने महोत्सवमा तामाङ संस्कृति तथा खानपिनका १५ कक्ष राखिएका छन्।

प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्