Kathmandu Press

गङ्गालक्ष्मीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसकी नेतृ गङ्गालक्ष्मी अवालले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छन्। उनले आज यहाँ...
गङ्गालक्ष्मीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी
Hardik ivf

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसकी नेतृ गङ्गालक्ष्मी अवालले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छन्। उनले आज यहाँ पत्रकार सम्मेलन गरी आदिवासी/जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
 
अवालले महिला सङ्घको सदस्य, सङ्गठन विभाग पदाधिकारी र महिला सङ्घ भक्तपुरको जिल्ला उपाध्यक्षसमेत भई पार्टीमा जिम्मेवारी सम्हाल्दै आएकोले अब १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रस्ट पारिन्। लोकतन्त्रमा जनजाति महिला तथा सम्पूर्ण महिलाको हकहित सुरक्षित गर्न आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको उनको भनाइ थियो। २०४८ सालमा भक्तपुर क्याम्पसबाट नेविसङ्घको राजनीति सुरु गरेकी अवालले वास्तवमा कांग्रेसलाई हामी सबैको बनाउनुपर्छ भन्ने आफ्नो दायित्व र धर्म भएको पनि सुनाइन्।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्