डा.आरजुको सहयोगमा चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौ, भदौ १० : जग्गाको सिमानामा विवादभएपछि छिमेकीबाट कुटिएकी एक महिलालाई कांग्रेस नेतृ डा. आरजु राणा देउवाको सहयोगमा थप उपचारका लागि काठमाडौं ल्याइ....

काठमाडौ, भदौ १० : जग्गाको सिमानामा विवादभएपछि छिमेकीबाट कुटिएकी एक महिलालाई कांग्रेस नेतृ डा. आरजु राणा देउवाको सहयोगमा थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
कैलालीको लम्की चुहा नगरपालिका ८ की २५ वर्षीया रामजानकी चौधरीलाई छिमेकीले कुटपिट गरेर सख्त घाइते भएकी थिइन्। उनलाई थप उपचारका लागि डा. राणाको सहयोगमा आइतबार हवाईजहाजबाट काठमाडौं ल्याइएको हो।
छिमेकीको कुटाइबाट उनको बायाँ हात र शरीरको एक भाग पुरै प्यारलाइज भएको छ भने दायाँ हातमा पनि गम्भीर असर गरेको छ।
चौधरीको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
आर्थिक अवस्था कमजोरी भएकी चौधरी कुटिएको ४० दिनसम्म घरमै बेहोस अवस्थामा थिइन। धनगढीका अधिकारकर्मीको पहलमा साउन २६ गते धनगढीस्थित सेती अंचल अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचारका लागि स्वतन्त्र नागरिक समाज धनगढीले रकम संकलन अभियान नै चलाएको थियो । सो अभियानबाट ४४ हजार ४ सय रकम संकलन भएको अभियानकी संयोजक भूमि फुलाराले जानकारी दिइन् ।
रामजानकीको उपचारका लागि काठमाडौं ल्याउन कांग्रेस नेतृ डा. आरजु राणा देउवाले हवाईजहाजको चार वटा टिकटको व्यवस्था र शिक्षण अस्पतालमा भर्ना गर्न सहयोग गरेकी थिइन।
यसैबीच देउवाले संघीय ईकाई प्रहरी प्रमुखलाई बोलाएर रामजानकीको मुद्दालाई गम्भीर रूपमा लिन सुझाएकी छन्।
जग्गाको साँध मिचेको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले उनलाई गत असार १७ गते कुटपिट गरेका थिए। रामजानकीलाई यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको पति तीर्थ चौधरीले बताए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)