Kathmandu Press

पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 

काठमाडौं, मंसिर २४ : बझाङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्...
पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 

काठमाडौं, मंसिर २४ : बझाङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहले केन्द्रीय सदस्यमा भूगोलबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

विपी कोइरालाको आदर्श, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको निष्ठाको मार्गमा काँग्रेसलाई स्थापित गराउन आफुँले  केन्द्रीय सदस्यको उम्मेदवारी दिएको नेता सिंहले बताए।

सिंह बझाङ जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनले २०३५ सालमा बझाङको बुङ्गगल स्थित सरस्वती माविमा ९ पढ्ने क्रममा नेविसंघको उपाध्यक्षबाट राजनीति यात्रा सुरू गरेका थिए।

बौद्धिक व्यक्तित्वको रूपमा चिनिएका सिंह नेविसंघको केन्द्रीय उपाध्यक्ष र राज्यमन्त्री समेत भइसकेका छन् । २०४६ सालको जनआन्दोलनमा सिंह कैलालीको धनगढीमा जेल समेत परेका थिए।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्