Kathmandu Press

डोटीमा आठ स्थानीय तहमा एकीकृत समाजवादीको सङ्ठन विस्तार

डोटी, मंसिर २४ : नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा...
डोटीमा आठ स्थानीय तहमा एकीकृत समाजवादीको सङ्ठन विस्तार

डोटी, मंसिर २४ : नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा सङ्गठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। 

उनका अनुसार हालसम्म यहाँका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, सायल र आदर्श गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको छ ।

Hardik ivf

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराका अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षमा ३९ सदस्यीय, केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय, सायलमा नरी चुनाराको अध्यक्षता १८ सदस्यीय र आदर्शमा रमेश विष्टको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेको बोगटान फुड्सिल गाउँपालिकामा एक÷दुई दिनभित्रै नेतृत्व चयन गरिने अध्यक्ष बोगटीले बताए । जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार गरिसकेपछि सङ्ठन सुदृढीकरणको कामलाई अगाडि बढाइने एकीकृत समाजवादीले जनाएको छ । नेकपा (एमाले) सँग विभाजन भएपछि उक्त पार्टीले सङ्ठन विस्तारलाई तीव्रता दिएको हो । 

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्