Kathmandu Press

सांसद आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

रसुवा, मंसिर २४ : नेपाली कांग्रेसका सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।रसुवाका सांसद...
सांसद आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

रसुवा, मंसिर २४ : नेपाली कांग्रेसका सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

रसुवाका सांसद आचार्यले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए।

कांग्रेसको लगानी, पूर्वाधार र रोजगार एवं दिगो परियोजना केन्द्रित विशेष समितिमा रहेका आचार्य रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गरेका थिए।

विस २०७४ को प्रतिनिभिसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विकास निर्माणका विभिन्न काम भएका छन्।

प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्