Kathmandu Press

अख्तियार हेटौँडामा ५ महिनामा ९१७ उजुरी

हेटाैडा, मंसिर २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाैँडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ।भष्टाचार...
अख्तियार हेटौँडामा ५ महिनामा ९१७ उजुरी

हेटाैडा, मंसिर २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाैँडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ।

भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हैटौँडाद्वारा आज यहाँ आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।

Hardik ivf

कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मङ्सीर २० गतेसम्ममा परेकोमध्ये ३३० फछ्र्यौट भएको छ भने ५८७ वटा उजुरी फछ्र्याैट हुँन् बाँकी रहेको जनाइएको छ।

कार्यालय प्रमुख रविन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्लाकार्य क्षेत्र रहेको सो कार्यालयमा वारा जिल्लाको सबैभन्दा बढी उजुरी परेको जानकारी दिइएको छ।

विगत पाँच महिनामा परेको कूल उजुरीमध्ये बाराको २४९, पर्साको १८७, मकवानपुरको १७३, रौतहटको १६०, चितवनको ९०, दोलखाको १६, धादिङको १५, काभ्रेपलान्चोकको १२, रामेछापको १२, सिन्धुपाल्चोकको दुई  र नुवाकोटको एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

भष्टाचार एव्म अनियमितताका सम्वन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगतअनुसार सङ्घीय मामिलाको (स्थानीय तह)को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले भने।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटाैँडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौँडाका सिनियर डिभिजिनल अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटाले भष्टाचार विरुद्ध आ–आफना विचार व्यक्त गरेका थिए।

प्रकाशित मिति: २१:०१ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्