Kathmandu Press

नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

काठमाडाैं, मंसिर २३ : एक करोड एक लाख ५२ हजार ३८६ रूपैयाँ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका...
नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

काठमाडाैं, मंसिर २३ : एक करोड एक लाख ५२ हजार ३८६ रूपैयाँ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो।

कम्पनीले १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ २९ लाख ४२ हजार ९८२ रूपैयाँ र चार लाख ५५ हजार ८७७ गरी कूल ५० लाख ७६ हजार १९३ रूपैयाँ बराबरको राजश्व चुहावट गरेको पाइएको छ। विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्