Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं, मंसिर २३ : देशका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । लमजुङमा ३, बाजुरामा २, बारा र...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं, मंसिर २३ : देशका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । लमजुङमा ३, बाजुरामा २, बारा र उदयपुरमा १/१ जना गरी ७ जनाको मृत्यु भएको हो । 

लमजुङको मर्स्याङदी गाउँपालिका ८ भुस्मे डाँडास्थित सडकमा सोही गाउँपालिका ९ खुदीस्थित गणेश माविबाट भ्रमणमा जाँदै गरेको ग.१ ज ६३१७ नम्बरको बलेरो सडकबाट करिब २ सय मिटर तस खसेर बिहीबार बिहान दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Hardik ivf

मृत्यु हुनेहरूमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक ४० वर्षीय कमल खड्का, सोही गाउँपालिका ९ सिमपानी बस्ने १३ वर्षीया प्रमिसा गुरुङ र १२ वर्षीय गणेश भण्डारी रहेका छन् । विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई भ्रमणको लागि खुदीबाट भुस्मे डाँडातर्फ लैजाँदै गरेको अवस्थामा उक्त बस दुर्घटना भएको हो । 

यस्तै, बाजुराको जगन्नाथ गाउँपालिका-६ काप्रीस्थित सडकमा भे १ ख ३४६८ नम्बरको ट्रक  सडकबाट करिब ५ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका चालक बाँके बैजनाथ गाउँपालिका बस्ने ४० वर्षीय मोहन लाल जोशी र सह चालक हुम्ला ताजाकोट गाउँपालिका ३ बस्ने २५ वर्षीय बिपि शाहीको घटनास्थलमै मृत्यु भएको छ ।

यता, बाराको कलैया उपमहानगरपालिका २४ सखुईस्थित सडकमा ग १ त २१६३ नम्बरको ट्क्याटरबाट लडेर सोही ठाउँ बस्ने रामाकान्त चौधरीकी छोरी ३ वर्षीया दुर्गा चौधरीको बिहीबार बिहान मृत्यु भएको छ । ट्याक्टरले किच्दा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुरको चौदण्डिगढी नगरपालिका ६ सातधरारेस्थित सडकमा स १० प ३१३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चौदण्डिगढी नगरपालिका- ६ बेल्टार बस्ने ३५ वर्षीय उमेश राईको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्