पूर्वमन्त्री गौतमद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका नेता सञ्जय कुमार गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति...
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका नेता सञ्जय कुमार गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति समेत रहेका गौतमले शुक्रबारबाट शुरु हुन लागेको १४औ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पार्टीमा सक्षम नेतृत्व,विधि र प्रक्रियाबाट पार्टी सञ्चालन लगायतका एजेन्डासहित आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । उनी हाल प्रतिनिधि सभाका निर्वाचित सांसद समेत हुन्।
बर्दियामा संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई चुनाव हराएर उनी चर्चामा रहेका थिए ।
यसअघि उनले सिंचाइ मन्त्रीको जिम्मेवारी समेत पाईसकेका छन् ।
प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












