Kathmandu Press

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सांसद वादीलाई

काठमाडाैं, मंसिर २३ : यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७’ बाट सुदूरपश्चिम प्रदेशसभा सांसद उमादेवी वादी सम्मानित भएका छन्।अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा...
‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सांसद वादीलाई

काठमाडाैं, मंसिर २३ : यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७’ बाट सुदूरपश्चिम प्रदेशसभा सांसद उमादेवी वादी सम्मानित भएका छन्।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले उक्त पुरस्कार सांसद वादीलाई प्रदान गरेका हुन्।

Hardik ivf

मन्त्री रिजालले वादीको सामाजिक अधिकारका लागि उमादेवीको योगदान उल्लेखनीय रहेको भन्दै सही व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको बताए। समाज सेवा वा सामाजिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने उद्देश्यले मानव अधिकारकर्मी कृष्ण पहाडीका पिता बद्रीप्रसाद पहाडीका नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि १ लाख १० हजार नगदसहित सम्मानपत्र रहेको छ।

पुरस्कृत व्यक्तित्व वादीले आत्मसम्मानको लडाईंमा आफूले गरेको योगदानको कदरस्वरुप आफूलाई पुरस्कृत गरिएको भन्दै अत्यन्त गौरवान्वित महसुस गरेको बताए। उनले यस पुरस्कारले आफूलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको बताए।

समाजका महासचिव रामकृष्ण बरालले वादी समुदायको मानवअधिकार र सामाजिक न्यायका लागि योगदान पुर्‍याउन सफल अधिकारकर्मीलाई थप प्रोत्साहन पुगोस् भन्ने हेतुले पुरस्कार उमादेवीलाई प्रदान गरेको बताए।

२०१८ फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रूपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन्। सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग दुई बुँदे सम्झौता भएको थियो।

विपन्न दलित वादी समुदायको हक–अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबीसीले सन् २०१८ को विश्वका १०० जना प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०औ स्थानमा राखेको थियो। 

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्