Kathmandu Press

राजन हत्याको सत्यतथ्य छानबिन गर्न युवासंघको माग

भक्तपुर, मंसिर २३ : सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन...
राजन हत्याको सत्यतथ्य छानबिन गर्न युवासंघको माग

भक्तपुर, मंसिर २३ : सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासंघ नेपालले माग गरेको छ।

युवासंघ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बीभत्स हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताए।

‘घटनामा अरु कोको संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ,’ अध्यक्ष पौडेलले बताए।

युवासंघका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका-२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पत्रकार सम्मेलनपछि युवासंघले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ।

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्