राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस
काठमाडौं, मंसिर २३ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस गरिएको छ।अध्यक्ष तपबहादुर मगरले आज (बिहीबार) आयोगको २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस...
काठमाडौं, मंसिर २३ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस गरिएको छ।
अध्यक्ष तपबहादुर मगरले आज (बिहीबार) आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको हो।
प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा आयोगमा परेका उजुरीहरु, त्यसउपर भएका छानबिन तथा अनुसन्धान विवरण, सरकारलाई गरिएका सिफारिसलगायत मानव अधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरुको उल्लेख गरिएको छ।
मानव अधिकारको संरक्षण र संवर्धनका लागि आगामी दिनमा गरिनुपर्ने सुधारसम्बन्धी विवरणसमेत प्रतिवेदनमा समेटिएकाे छ।
प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












