माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाडाैं, मंसिर २३ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरसिडाँस्थित पार्टी कार्यालयमा सुरु भएको छ।बैठकमा आगामी पुस ११ देखि १३गतेसम्म गर्न लागिउको राष्ट्रिय...
काठमाडाैं, मंसिर २३ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरसिडाँस्थित पार्टी कार्यालयमा सुरु भएको छ।
बैठकमा आगामी पुस ११ देखि १३गतेसम्म गर्न लागिउको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने जनाइएको छ। पर्सि (मंसिर २५) हुन लागेको प्रदेश सम्मेलनबारे पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
वडा र पालिका सम्मेलन गरिसकेको माओवादी केन्द्रले आजको बैठकमा विधानमा रहेको अस्पष्टताबारे समेत छलफल गरेर निर्णय गर्न लागेको जनाइएको छ। खासगरी प्रादेशिक संरचनाबारे माओवादी केन्द्रमा केही अस्पष्टता रहेको नेताहरुले बताएका छन्।
प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












