गैँडाको आक्रमणबाट एककाे मृत्यु
नवलपुर, मंसिर २३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।
आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।
पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन्।
प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंहआइतबार, मंसिर ९, २०८१
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादवआइतबार, मंसिर ९, २०८१
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेटआइतबार, मंसिर ९, २०८१
सिनामंगलको एक होटलमा युवायुवती मृत फेलाआइतबार, मंसिर ९, २०८१