Kathmandu Press

भारतीय सेनाका जनरल रावतकाे निधनप्रति नेपाली सेनाद्वारा दुःख व्यक्त

काठमाडौं, मंसिर २३ : भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सिडिसी) जनरल विपीन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ। दुर्घटनामा रावत, उनकी पत्नी...
भारतीय सेनाका जनरल रावतकाे निधनप्रति नेपाली सेनाद्वारा दुःख व्यक्त

काठमाडौं, मंसिर २३ : भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सिडिसी) जनरल विपीन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ। 

दुर्घटनामा रावत, उनकी पत्नी र अन्य ११ सैनिकको निधन भएको खबरले आफुहरुलाई दुःखी बनाएको भन्दै नेपाली सेनाले एक विज्ञप्ति नै जारी गरेर समवेदना प्रकट गरेको हो।

Hardik ivf

बुधबार भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा सिडिसी रावतसहित १३ जनाको ज्यान गएको थियो। 

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाका तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझ फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेका थिए। 

दुर्घटनाको खबरबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पुग्नुका साथै नेपाली सेनाले समेत एक सच्चा मित्र गुमाएको प्रधानसेनापति शर्माले उल्लेख गरेका छन्। 

जनरल रावतको मिति २०७८ मंसिर २४ गते नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की जाने तयसमेत भएको जंगी अड्डाले जानकारी दिएको छ। 

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्