एमाले अध्यक्ष ओली अस्वस्थ, प्रेस चौतारीकाे पत्रकार सम्मेलनमा सहभागी नहुने
काठमाडौं, मंसिर २३ : एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका छन्।रुखाघोकी लागेर ज्वरो पनि आएपछि उनी बालकोटस्थित निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।अध्यक्ष...
काठमाडौं, मंसिर २३ : एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका छन्।
रुखाघोकी लागेर ज्वरो पनि आएपछि उनी बालकोटस्थित निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
अध्यक्ष ओली आज (बिहीबार) काठमाडौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा प्रेस चौतारीले गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम थियाे। तर अस्वस्थ भएपछि साे कार्यक्रममा उनी अनुपस्थित हुने जनाइएको छ।
सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागिता जनाउने भएका छन्।
प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












