Kathmandu Press

प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित

चितवन, मंसिर २३ : प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर...
प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित
Hardik ivf

चितवन, मंसिर २३ : प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित भएका छन्। 
 
महाधिवेशनको नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा चोपलाल भुसाल, डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेललगायत वक्ताले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा प्रकाश पारेका थिए। 
 
कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, निवर्तमान अध्यक्ष डा लक्ष्मीराज पाठकलगायतले बोलेका थिए। निर्वाचित अध्यक्ष कार्कीले चिकित्सकको अधिकारका लागि आफ्नो लडाइँ निरन्तर रहने बताए। 

प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्