Kathmandu Press

बार्सिलोना समूह चरणबाटै बाहिरियो, बायर्न अपराजित

काडमाडाैं, मंसिर २३ : स्पेनिस जाइन्ट बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति भएको जित्नै पर्ने खेलमा बायर्न म्युनिखसँग ३–०ले पराजित...
बार्सिलोना समूह चरणबाटै बाहिरियो, बायर्न अपराजित

काडमाडाैं, मंसिर २३ : स्पेनिस जाइन्ट बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति भएको जित्नै पर्ने खेलमा बायर्न म्युनिखसँग ३–०ले पराजित भएपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको छ।

बायर्नसँग पराजित भएसँगै बार्सिलोनाले अब युरोपा लिग खेल्ने भएको छ। समूह इमा ७ अंक जोड्दै बार्सिलोना तेस्रो भएपछि युरोपा लिग खेल्ने भएको छ। बार्सिलोना सन् २०००÷०१ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो। यता, बायर्न म्युनिख भने शतप्रतिशत जितसहित नकआउट चरण पुग्योे।

बन्द रंगशालामा भएको खेलमा बार्सिलोनाविरुद्ध बायर्नलाई जित दिलाउन लिरोए साने, थोमस मुलर र जमल मुसियालाले गोल गरेका थिए । बायर्नले पहिलो हाफमा २ र दोस्रो हाफका १ गोल गरेको थियो।

घरेलु मैदानमा ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४३औं मिनेटमा लिरोए सानेले गोल गरेपछि पहिलो हाफमा बायर्नले २–०को अग्रता लियो । ६२औं मिनेटमा युवा खेलाडी मुसियालाले गोल गरेपछि बायर्नले ३–०को जित निकाल्यो।

यसैगरी समूह इकै अर्को खेलमा डाइनामो किभमाथि २–०को जित निकाल्दै पोर्चुगिज क्लब बेन्फिका पनि नकआउट चरण पुगेको छ। उसले समूह ईमा ८ अंक जोड्दै दोस्रो भयो । डाइनामो किभविरद्ध बायर्नलाई जित दिलाउन रोमन यारन्चुक र गिल्बर्टो मोराइस जुनियरले गोल गरेका थिए।

प्रकाशित मिति: ०९:२७ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्