Kathmandu Press

देशभर आंशिक बदली, चिसो बढ्दै

काठमाडौं, मंसिर २३ : आज देशभर आंशिक बदली रहे पनि चिसो भने बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
देशभर आंशिक बदली, चिसो बढ्दै

काठमाडौं, मंसिर २३ : आज देशभर आंशिक बदली रहे पनि चिसो भने बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। तैपनि देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

यससँगै देशभर चिसो भने बढ्दै गएको महाशाखाले जनाएको छ। चिसोबाट बच्ने सुरक्षाका उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज प्रदेश १ का केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार अन्य क्षेत्रमा भने मौसम सफा रहनेछ।

 

प्रकाशित मिति: ०८:४३ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्