आज १५ लाख डोज मोडर्ना खोप आउँदै

काठमाडौं, मंसिर २३ : कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आज नेपाल आइपुग्न लागेको छ।
कोभ्याक्स सुविधा अन्तर्गत मोडर्ना खोप नेपाल आइपुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १४ लाख ९७ हजार ६ सय डोज खोप आउन लागेको हो।
यसअघि पनि कोभ्याक्स सुविधा अन्तर्गत शुक्रबार एक लाख ८८ हजार ४ सय डोज मोडर्ना खोप आएको थियो। सरकारले मोडर्ना खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगायने तयारी गरेको छ।
यसैगरी बुधबार ६ लाख डोज कोभिशिल्ड खोप आइपुगेको छ। अहिलेसम्म एक करोड ९२ लाख ८५ हजार १ सय ९७ डोज खाप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अझै थप खोप आउने क्रममा रहेको छ। जसले गर्दा सरकारले नियमित खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ
प्रकाशित मिति: ०७:३० बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












