Kathmandu Press

यस्तो छ महिन्द्राको एक्सयूभी-३०० मोडलको कार

काठमाडौं, भदौ १० : महिन्द्रा गाडीको एक्सयूभी–३०० मोडल गाडी सार्वजनिक गरेको छ।

महिन्द्रा गाडीको नेपालका लागि अधिकारिक बिक्रेता अग्नी इन....

यस्तो छ महिन्द्राको एक्सयूभी-३०० मोडलको कार

काठमाडौं, भदौ १० : महिन्द्रा गाडीको एक्सयूभी–३०० मोडल गाडी सार्वजनिक गरेको छ।

महिन्द्रा गाडीको नेपालका लागि अधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले दुई इन्जिन अप्सनमा ६ वटा भेरियन्ट सार्वजनिक गरेको हो। नाडा अटो सो–२०१९ लाई केन्द्रीत गरेर कम्पनीले ६ भेरियन्टमा गाडी सार्वजनिक गरेको कम्पनीका महाप्रवन्धक अर्जुन शर्माले बताए।

भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अत्याधुनिक सेग्मेन्ट फस्ट थुप्रै विशेषतासहित नेपालमा ल्याइएको शर्माले बताए। उनका अनुसार कम्पनीले डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) गरि चारवटा भेरियन्टमा सार्वजनिक गरेको हो।

नयाँ एक्सयूभी ३०० पेट्रोल भेरियन्ट डब्लु ४ को मूल्य ३९ लाख ७५ हजार र र डब्लु ८ (अफ्सनल)को मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकेको छ।

त्यस्तैगरि डिजेलमा डब्लु ४ भेरियन्टको मूल्य ४१ लाख २५ हजार, डब्लु ६ भेरियन्टको ४५ लाख, डब्लु ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) को मूल्य ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ। यी सवारीसाधन नेपालभर रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने भएको छ।

गाडीमा एसयूभी ६ रंगहरूमा एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

याे पनि पढ्नुस् :
टाटाको अल न्यू एच–५ मोडल सार्वजनिक, ५६ लाख ५५ हजार मूल्य

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, भदौ १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्