Kathmandu Press

निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना

काठमाडाैं, मंसिर २२ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री...
निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना

काठमाडाैं, मंसिर २२ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धनका लागि काउन्टर उपयोगी हुने विश्वास व्यक्त गरे।

केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशःखोल्दै जाने लक्ष्य राखिएको निगमले जनाएको छ। नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरिएको जनाएको छ। नेपाली कच्चापदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो, विमानका नमूना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन्।

प्रकाशित मिति: २०:२० बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्