Kathmandu Press

कांग्रेस नेता बिष्णु पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने 

कांग्रेस नेता बिष्णु पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने 

काठमाडौं, मंसिर २२ : स्याङ्जा कांग्रेसका युवा नेता बिष्णु पौडेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका पौडेलले पनि युवाहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । 

Hardik ivf

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै जाँदा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्नेहरुको लर्को नै लागेको छ ।

पौडेलले मुलतः केन्द्रीय समितिमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको सहभागिता अपरिहार्य ठान्दै आफूले उम्मेदवारी दिएको जनाएका छन् ।

२०७४ सालको निर्वाचनमा स्याङ्जा जिल्ला संघीय निर्वाचन क्षेत्र न २ को प्रदेशसभा ‘क’को प्रदेश सांसदको उम्मेदवार समेत रहेका पौडेलले हालसालै सम्पन्न कांग्रेस क्षेत्रीय अधिवेशन अन्तर्गत स्याङ्जा जिल्ला क्षेत्र नं २ बाट दोश्रो लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा बिजयी भएका थिए । 

प्रकाशित मिति: २०:०० बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्