टाटाको अल न्यू एच–५ मोडल सार्वजनिक, ५६ लाख ५५ हजार मूल्य
काठमाडौं, भदौ १० : टाटा गाडीको अल न्यू एच–५ मोडल सार्वजनिक गरिएको छ। ‘नाडा अटो सो’लाई केन्द्रीत गरेर टाटा गाडीको नेपालका लागि अधिकार....

काठमाडौं, भदौ १० : टाटा गाडीको अल न्यू एच–५ मोडल सार्वजनिक गरिएको छ। ‘नाडा अटो सो’लाई केन्द्रीत गरेर टाटा गाडीको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पछिल्लो उत्पादन अल न्नू एच–५ गाडी सार्वजनिक गरेको हो।
यसको सुरुआति मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ। एच–५ एक्स ई भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ४४ लाख ५५ हजार, एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ रहेको छ।
एक्सई यो एसयूभीको लो भेरियन्ट हो भने एक्सजेड टप भेरियन्ट हो। क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनले एच–५ मा १३८ बीएच पावर र ३५० एनएम टर्क उत्पादन गर्छ।
एच ५ को लम्बाई ४५९८ एमएम, चौडाई १८९४ एमएम, उचाई १७१४ एमएम रहेको छ। यसको ह्विलवेस २७४१ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको कम्पनीले जनाएको छ।
यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ। एच ५ मा सुपर–ड्राइभ मोड दिइएको छ भने कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्सन प्रदान गरिएको छ।










-1754206481.jpg)
