Kathmandu Press

माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

कञ्चनपुर, मंसिर २२ : नेकपा(माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र...
माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

कञ्चनपुर, मंसिर २२ : नेकपा(माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा–चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो।

नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको पार्टीका जिल्ला समिति सदस्य एवं युथ कम्युनिष्ट लिग(वाइसिएल)का सुदूरपश्चिम सहसंयोजक अर्जुन साउदले बताए। उनका अनुसार बेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन गरिएको छ। बेलडाँडी गाउँपालिकामा डम्बर शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति चयन गरिएको छ।

Hardik ivf

पुनर्वास नगरपालिकामा धोखे रानाको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति चयन गरिएको जिल्ला समिति सदस्य साउदले जानकारी दिए। भीमदत्त नगरपालिकामा अशोक चन्दको अध्यक्षतामा ६५ सदस्यीय, कृष्णपुर नगरपालिकामा जोगराज चौधरीको अध्यक्षतामा ६५ सदस्यीय, लालझाडी गाउँपालिकामा फुलाराम चौधरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ।

'दोधारा–चाँदनी नगरपालिकामा मङ्गलबार नयाँ नेतृत्व चयनका लागि सम्मेलनको आयोजना भएको हो,' जिल्ला समिति सदस्य साउँदले भने, 'बुधबारसम्म नयाँ नेतृत्व चयन भइसक्छ। शुक्लाफाँटा नगरपालिकामा नयाँ नेतृत्वका लागि आकाङ्क्षी धेरै भएकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ।' माओवादी केन्द्रले सम्मेलनको आयोजना गरी नगरपालिका र गाउँपालिमा चयन गरेको नयाँ नेतृत्वमा सबै जना युवा रहेका छन्। पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार सम्मेलनबाट समावेशीताका आधारमा नयाँ नेतृत्व चयन गरिएको छ।

प्रकाशित मिति: १९:२९ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्