Kathmandu Press

विवाह पञ्चमीको मुख्य दिन दिउँसो स्वयम्वर सकियो, साँझ विवाह

जनकपुर, मंसिर २२ : प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन आज दिउँसो स्वयम्वर सम्पन्न भएको छ। दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट...
विवाह पञ्चमीको मुख्य दिन दिउँसो स्वयम्वर सकियो, साँझ विवाह

जनकपुर, मंसिर २२ : प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन आज दिउँसो स्वयम्वर सम्पन्न भएको छ। दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पुर्‍याइएको थियो। सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई आज साँझ मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

Hardik ivf

सो अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन सहभागी भएका थिए। रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिएको थियो।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन्। स्वयम्वर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङख्यामा श्रद्धालु भक्तजनको भीड लागेको छ। सो अवसरमा नेपाली सेनाको हेलिकाेप्टरले पुष्प वृष्टि गरेको थियो।

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्