पठाओ नेपालले ३०० क्याप्टेनलाई दियाे ‘जीवन रक्षा’ तालिम
काठमाडौं, मंसिर २२ : राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम सम्पन्न गरेको छ।स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै कम्पनीले आफ्ना करिब तीन सय...
काठमाडौं, मंसिर २२ : राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम सम्पन्न गरेको छ।
स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै कम्पनीले आफ्ना करिब तीन सय क्याप्टेन (ट्याक्सी ड्राइभर) लाई प्राथमिक उपचारसम्बन्धी तालिम दिएको हो।
प्राथमिक उपचार कसरी गर्ने र घाइते अथवा बिरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूबारे तालिम दिइएको पठाओ नेपालका मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।
काठमाडौं उपत्यकामा अस्पताल पुग्न यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने भएकाले त्यस किसिमको तालिम दिइएको बताइएको छ।
दुर्घटना परेका वा कतिपय अवस्थामा अन्य जुनसुकै बिरामीलाई गाडीमा राख्ने तरिका नमिल्दा समस्या जटिल हन सक्ने उल्लेख गर्दै हमालले भनिन्, ‘हामीसँग स्वतन्त्र साझेदारमा ट्याक्सीको ठूलो संख्या छ। यसकारण क्याप्टेनहरुलाई स्वास्थ संवेदनशीलताप्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरेका हौं।’
बिरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायत विषयमा तालिम दिइएको हो।
त्रिवि शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सञ्चालन गरिएको हमालले जानकारी दिइन्।












