Kathmandu Press

मन्त्री कँडेल र नेता पौडेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २२ : बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औं...
मन्त्री कँडेल र नेता पौडेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Hardik ivf

काठमाडौं, मंसिर २२ : बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन्। 

कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ। कँडेल गण्डकीमा समानुपातिक प्रदेशसभा सदस्य हुन् भने पौडेल संविधानसभा सदस्य रहिसकेका छन्। दुवैजना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुन्। उनीहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्