Kathmandu Press

कालिकोटका भट्टराईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर २२ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि कालिकोटका नारायणप्रसाद भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय...
कालिकोटका भट्टराईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Hardik ivf

काठमाडाैं, मंसिर २२ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि कालिकोटका नारायणप्रसाद भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। 

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनी नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत हुन्। ‘कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो,’ भट्टराईले भने। नरहरिनाथ गाउँपालिका घर भएका उनी कांग्रेसको १२औं र १३औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए। 
 

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्