सुरू भयो नाडा अटो सो-२०१९ (फोटो फिचर)
काठमाडौं, भदौ १० : नाडा अटो सो–२०१९ सुरू भएको छ। यसको उद्घाटन गरेका छन्।
नाडा अटो सोको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले&nb....

काठमाडौं, भदौ १० : नाडा अटो सो–२०१९ सुरू भएको छ। यसको उद्घाटन गरेका छन्।
नाडा अटो सोको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सवारी साधनको पहुँचको वृद्धि गर्नका लागि सडक निर्माणको गर्न आवश्यक रहेको बताए। उनले सडक निर्माण र सडक सुरक्षा चुनौतीका रूपमा रहेको बताए। सवारी साधानको वृद्धिसँगै सडक सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
मंगलबारदेखि सुरू भएको नाडा अटो सो भदौ १६ गतेसम्म चल्नेछ। अटो सोमा एक सय ६० वटा स्टलहरू राखिएका छन्। जसमा चार पांग्रेका २३, दुई पांग्रेका १९ वटा ब्रान्ड, १२ वटा लुब्रिकान्ट, नौ वटा टायर ब्रान्ड, पाँच वटा ब्याट्री र अन्य उपकरणका १४ वटा ब्रान्डले सहभागिता जनाएका छन्।
अवलोकनकर्ताले सवारी खरिदका लागि सवारी कर्जा, बीमाको जानकारी पनि मेलामा पाउने अध्यक्ष शम्भु दाहालले बताए। नाडा अटो सोमा दर्जनौं नयाँ गाडीहरु पनि सार्वजनिक गरिएको छ।










-1754206481.jpg)
