Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्यमा गजेन्द्र हमालकाे उम्मेदवारी

काठमाडौं, मंसिर २२ :  पूर्वमन्त्री गजेन्द्र हमालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका हुन्। उनी बाँकेका...
कांग्रेस केन्द्रीय सदस्यमा गजेन्द्र हमालकाे उम्मेदवारी

काठमाडौं, मंसिर २२ :  पूर्वमन्त्री गजेन्द्र हमालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका हुन्। उनी बाँकेका जिल्ला सभापतिसमेत भइसकेका छन्।

उनले सभापति शेरबहादुर देउवाको प्यानलबाटै केन्द्रीय सदस्य लड्ने बताएका छन्। चुनाव जित्नेमा आफू ढुक्क रहेको उनको भनाय छ। 

उनले आफूले शीर्ष नेताहरूको सँगको सल्लाहमै उम्मेदवारी घोषणा गरेको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट देउवा नेतृत्वको सरकारमा मन्त्री बनेको भन्दै उनी विविदित बनेका थिए। विवादित भएसँगै उनले राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्