Kathmandu Press

भारतीय सेना प्रमुख विपीन रावत सवार हेलिकप्टर दुर्घटना

भारतीय सेना प्रमुख विपीन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाडाैं, मंसिर २२ : भारतीय सेना प्रमुख विपीन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको छ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार सो हेलिकोप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए। दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ।

भारतीय सेनाले भने सो दुर्घटनाबारे औपचारिक जानकारी दिएको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) हुन्।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्