Kathmandu Press

गोरु काटेको आरोपमा मुस्ताङबाट पाँचजना पक्राउ

काठमाडौं, मंसिर २२ : मुस्ताङमा गोरु काटेको आरोपमा पाँचजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ बस्ने ४० वर्षीय आंगा गुरुङलगायत पाँचजना रहेको प्रहरीले...
गोरु काटेको आरोपमा मुस्ताङबाट पाँचजना पक्राउ

काठमाडौं, मंसिर २२ : मुस्ताङमा गोरु काटेको आरोपमा पाँचजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ बस्ने ४० वर्षीय आंगा गुरुङलगायत पाँचजना रहेको प्रहरीले जनाएको छ।

सोही ठाउँस्थित कागबेनीमा गोरु काटेको खबर पाइएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ। 

त्यसबारे थप अनुसन्धान भइरहेको प्हरीको भनाइ छ।

प्रकाशित मिति: १४:११ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्