Kathmandu Press

युवासंघ भक्तपुर सदस्य राजन श्रेष्ठको हत्यामा उनकै दुई साथीको संलग्नता भेटियाे

काठमाडौं, मंसिर २२ : राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा हेमन्त श्रेष्ठ र प्रेम विक संलग्नता रहेकाे खुलासा भएको छ।उनीहरुलाई पक्राउ...
युवासंघ भक्तपुर सदस्य राजन श्रेष्ठको हत्यामा उनकै दुई साथीको संलग्नता भेटियाे

काठमाडौं, मंसिर २२ : राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा हेमन्त श्रेष्ठ र प्रेम विक संलग्नता रहेकाे खुलासा भएको छ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवैलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरिरहेको छ।

Hardik ivf

ती दुवैजना श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतको भनाइ छ। आर्थिक लेनदेनका कारण ती दुईजनाले श्रेष्ठको हत्या गरेको देखिएको जनाइएकाे छ।

मंगलबार साँझ गठ्ठाघरबाट बालकोट जाँदा आउने हनुमन्ते खोलानजिकै श्रेष्ठमाथि निर्घात कुटपिट भएको थियो। कुठपिटबाट गम्भीर घाइते भएका श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो।

प्रकाशित मिति: १३:५० बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्