Kathmandu Press

चिकित्सकको सामूहिक राजीनामाले राप्ती प्रतिष्ठान ठप्प

दाङ, भदौ १० : चिकित्सकले सामुहिक राजीनामा दिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पाँच दिनदेखि ठप्प भएको छ। जसले गर्दा सयौं बिरामी अलपत्र परेका छन्....

चिकित्सकको सामूहिक राजीनामाले राप्ती प्रतिष्ठान ठप्प

दाङ, भदौ १० : चिकित्सकले सामुहिक राजीनामा दिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पाँच दिनदेखि ठप्प भएको छ। जसले गर्दा सयौं बिरामी अलपत्र परेका छन्।

उपकूलपति डा.सङ्गीता भण्डारीसँगको विवादपछि यहाँका २५ चिकित्सकले सामुहिक राजीनामा दिएका थिए। चिकित्सकसँग छलफल गर्नुको सट्टा नौ जना चिकित्सकको करार भंग गरेपछि सामुहिक राजीनामा दिएका हुन्।

Hardik ivf

उपकुलपति डा.भण्डारीले मेडिकल अफिसर डा.प्रीतम डिसी, डा.अभ्यास पोखरेल, डा.गौरव आचार्य, डा.मनोज यादव, डा.राजेन्द्र फुलारा, डा.आयुस पौडेल र डा.कृष्ण रिजालको करार भंग गरेकी हुन्। त्यसपछि सबै चिकित्सकले राजीनामा दिएका छन्।

चिकित्सकको सामुहिक राजीनामापछि प्रतिष्ठानको सेवा ठप्प भएको छ। यहाँ दैनिक चार सयभन्दा बढी बिरामी आउने गरेका छन्।

अहिले प्रतिष्ठान पुगेका बिरामी उपचार नगरी फर्किन थालेका छन्। अस्पतालमा भर्ना भएका बिरामी पनि समस्यामा परेका छन्।

उपकूलपति डा.भण्डारीले नयाँ भर्नाको प्रक्रिया सुरू गरेकी छन्। राजीनामा दिएका चिकित्सकले उपकुलपति डा.भण्डारीको राजीनामाको माग गरेका छन्।

विवाद मिलाउन कुनै पनि पक्षबाट पहल भएको छ। यसको मारमा बिरामी परेका छन्।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्