Kathmandu Press

सरकार विवेकशून्य बन्यो : प्रवक्ता शर्मा

पोखरा, माघ १८ : नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार विवेकशून्य बनेको बताएका छन् । सरकारले विवेकलाई बन्धक बनाएर दुई तिहाई बहुम....

सरकार विवेकशून्य बन्यो : प्रवक्ता शर्मा

पोखरा, माघ १८ : नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार विवेकशून्य बनेको बताएका छन् । सरकारले विवेकलाई बन्धक बनाएर दुई तिहाई बहुमतको दम्भ देखाएको प्रवक्ता शर्माको आरोप छ ।

नेपाल प्रेस युनियन कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवत्ता शर्माले सरकारको अविवेकी निर्णय र तानाशाही शैलीविरुद्ध कांग्रेसले माघ २१ गते देशभैभरि विरोध प्रर्दशन गर्न लागेको बताए ।

‘‘बहुमतको निर्णयप्रति हाम्रो आपत्ति होइन,” प्रवत्ता शर्माले भने, ‘‘तर संसदीय राजनीतिमा सहमति र सहकार्यको राजनीतिक संस्कार पनि हुन्छ, त्यो अहिलेको सरकारले बिर्सेको छ ।”

डा.गोविन्द केसीसँग यही सरकारले गत साउनमा गरेको सम्झौता कार्यान्वयन नगरि अहिले दुई तिहाईको बलमिच्याइबाट प्रतिपक्षलाई विश्वासमा नलिई चिकित्सा विधेयक संसदबाट पािरत गर्नु गलत भएको उनको टिप्पणी थियो ।

देशमा भ्रष्टाचार पनि बढेको बताउँदै शर्माले भने, ‘‘सरकारको समीक्षा गर्ने बेला त भएको छैन् हामीले पाँच वर्ष नै कुर्छौ, तर करिब एक वर्षको सरकारको अहिलेको यात्राले भने शुभ संकेत दिएको छैन ।”

उनले वाईडवडी जहाज खरिद प्रक्रियामा दोषि देखिएकालाई सत्यतथ्यका आधारमा छानविन गरि कडा कारवाही गर्न माग गरे । निर्मला पन्त हत्याकाण्डका दोषिलाई उन्मुक्ती दिने र पटकपटक निर्दोषलाई दोषि करार गर्न सरकार लागिपरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, माघ १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्