च्याम्पियन्स लिग : एट्लेटिको अन्तिम १६मा, लिभरपुल अपराजित
काठमाडाैं, मंसिर २२ : समूह चरणको अन्तिम खेलमा जित निकाल्दै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६मा प्रवेश गरेको छ। मंगलबार राति भएको तबनापूर्ण...
काठमाडाैं, मंसिर २२ : समूह चरणको अन्तिम खेलमा जित निकाल्दै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६मा प्रवेश गरेको छ। मंगलबार राति भएको तबनापूर्ण खेलमा एट्लेटिकोले पोर्चुगिज क्लब पोर्टोमाथि उसकै मैदानमा ३–१को जित निकाल्यो ।
समूह बीबाट अन्तिम १६मा पुग्न एट्लेटिकोलाई जित्नै पर्ने दाबब थियो । पोर्टोमाथि जितले एट्लेटिको दोस्रो हुँदै नकआउट चरण पुग्यो । तीन खेलाडीले रेडकार्ड पाएको खेलमा एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एंगल कोरेया र रोड्रिगो डे पाउलले गोल गरे भने पोर्टोका सर्जियो ओलिभिएराले गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६औं मिनटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता लियो । खेलमा अधिकांश समयमा एट्लेटिकोलाई पोर्टोले दबाबमा राखेको थियो। ६७औं मिनेटमा यानिक करास्कोले रेडकार्ड पाएपछि एट्लेटिको झन दबाबमा आयो ।
तर, घरेलु मैदानमा ५ मिनेट अन्तरमा दुई खेलाडीले रेडकार्ड पएपछि पोर्टो दबाबमा आयो। ७०औं मिनेटमा उसका विन्डेल र ७५औं मिनेटमा अगुस्टिन मार्चेसिनले रेडकार्ड पाएका थिए । त्यसको फाइदा एट्लेटिको उठायो। ९०औं मिनेटमा कोरेयाले एट्लेटिकोको अग्रता दोब्बर बनाए ।
त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा रोड्रिगो डे पाउलले गोल गरेपछि एट्लोटिको सहज जिततर्फ अग्रसर भयो । इन्जुरी समयके छैठौं मिनेटमा ओलिभएराले पेनाल्टीमा गोल गरेपनि टिमलाई नकआउट चरणमा पु¥याउन सकेनन् ।
समूह बी कै अर्को खेलमा जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले समूहचरणमा शतप्रतिशत नतिजा निकाल्यो । मंगलबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकाल्यो ।
लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोग ओरिगीले गोल गरे भने मिलानका लागि फिकायो टोमोरीले गोल गरेका थिए । खेलमा अग्रता मिलानले लियो। उसका टोमोरीले २८औं मिनेटमा गोल गरेका थिए। ३६औं मिनेटमा मोहम्मद सलाहल गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५६औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुल विजयी भयो।
यो सिजतसँगै समूह बीबाट अपराजित रहँदै लिभरपुल नकआउट चरण पुग्यो । उसले ६ खेलमा १८ अंक जोड्यो । यस्तै, ७ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो हुँदै अन्तिम १६मा पुग्दा ५ अंकसहित तेस्रो बनेको पोर्टो युरोपा लिगमा पुगेको छ। एसी मिलान भने ४ अंकसहित पुछारमा रह्यो।











