Kathmandu Press

बझाङका चार स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ, मंसिर २२ : सरकारले बझाङका चार स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४...
बझाङका चार स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ, मंसिर २२ : सरकारले बझाङका चार स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो।

Hardik ivf

जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पु¥याएको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्। नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गरे।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा क्षतिको आकलन ,पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ। (रासस)

प्रकाशित मिति: ०८:४६ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्