नाडा अटो सो-२०१९ आज देखि , ७५ हजारले अवलोकन गर्ने
काठमाडौं, भदाै १० : आज नाडा अटो सो–२०१९ काठमाडौंमा सुरू हुँदै छ। नाडा अटो मोवाईल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी तथा....

काठमाडौं, भदाै १० : आज नाडा अटो सो–२०१९ काठमाडौंमा सुरू हुँदै छ। नाडा अटो मोवाईल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी तथा सवारी जन्य सामाग्रीको मेलामा दर्जनौ ब्रान्डका गाडीहरु प्रर्दशनीमा राखिनेछन्।
मेलामा एक सय ६० वटा स्टलहरू राखिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने मेला भदाै १६ गतेसम्म चल्ने छ।
मेलामा चारपाँग्रेका २३, दुईपाँग्रेका १९ वटा ब्रान्डले सहभागिता जनाएका छन्। प्रर्दशनीमा १२ वटा लुब्रिकान्ट, नौ वटा टायर ब्रान्ड, पाँच वटा ब्याट्री र अन्य
उपकरणका १४ वटा ब्रान्डले सहभागिगता जनाउदैछन। यस वर्षको मेलामा ९५ वटा ब्रान्डले सहभागिता जनाउने नाडाका अध्यक्ष सम्भु दाहालले जानकारी दिए।
अवलोकनकर्ताले सवारी खरिदका लागि सवारी कर्जा, बिमाको जानकारी पनि मेलामा पाउने अध्यक्ष दाहालले बताए। मेलाको ७५ हजारले अवलोकन गर्ने नाडाले जनाएको छ।
नाडा अटो सोमा दर्जनौ नयाँ गाडीहरु पनि सार्वजनिक हुँदै छन।










-1754206481.jpg)
