Kathmandu Press

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरा, मंसिर २२ : बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ।हिमाली गाउँपालिका–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मंगलबार...
अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरा, मंसिर २२ : बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ।

हिमाली गाउँपालिका–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मंगलबार अकालमा मृत्यु भएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो।

Hardik ivf

उनका श्रीमान् बिने चदरले भने, “गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो।”

चदार दम्पतीको पहिलो सन्तान छोरा छन्। गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ।

जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ। घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन गाउँपालिकाले जोड दिए पनि सबै नआउने गरेको बताए। (रासस)

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्