Kathmandu Press

कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

धनुषा, मंसिर २१ : प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ।सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत...
कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त
Hardik ivf

धनुषा, मंसिर २१ : प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ।

सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतोलाई नियुक्त गरेका हुन्।

कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको सुरुआतको सिलसिलामा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्यसमेत रहेका सिरहाको मिर्चैया नगरपालिका–२ निवासी डा महतोलाई उपकुलपतिमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्