Kathmandu Press

डेब्यू खेलमै लुकाकुले गरे गोल

काठमाडौं, भदौ १० : डेब्यू खेलमै रोमेलु लुकाकुले गोल गरेपछि इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ।

गएराति भएको सिजन....

डेब्यू खेलमै लुकाकुले गरे गोल

काठमाडौं, भदौ १० : डेब्यू खेलमै रोमेलु लुकाकुले गोल गरेपछि इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ।

गएराति भएको सिजनको पहिलो खेलमा इन्टर मिलानले लिसीलाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। जुन खेलमा इंग्लिश क्लब म्यानेचष्टर युनाइटेडबाट महँगो रकममा इन्टर मिलान पुगेका लुकाकु डेब्यू खेलमै गोल गर्न सफल रहे। 

खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि २४ औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारेका थिए। 

पहिलो हाफमा २–० को अग्रता बनाएको इन्टरले दोस्रो हाफमा थप दुई गोल ग¥यो। खेलको ६० औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टर मिलानलाई ३–० को अग्रता दिलाएका थिए।

खेलको ७६ औं मिनेटमा डिगो फारिअसले रातो कार्ड पाएपछि लिसी १० खेलाडीमा सीमित भएको थियो। खेलको ८४ औं मिनेटमा एन्टोनियो कान्ड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० को फराकिलो जित निकाल्न सफल भयो।

जितसँगै इन्टर मिलानले ३ अंक जोड्न सफल हुँदा लिसीले पहिलो खेलमै हार ब्यहोर्नु परेको छ।

प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्