Kathmandu Press

चोरीको मोटरसाइकल सहित पक्राउ

काठमाडौं, मंसिर २२ : पर्साको वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिजको ना १६ प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा विरगंज महानगरपालिका  १८ ठेगाना...
चोरीको मोटरसाइकल सहित पक्राउ

काठमाडौं, मंसिर २२ : पर्साको वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिजको ना १६ प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा विरगंज महानगरपालिका  १८ ठेगाना भएका १८ वर्षीय  किशोरलाई सोही महानगरपालिका १५ लक्ष्मणवा चोकबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सोही महानगरपालिका १८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखेको अवस्थामा मंसिर १४ गते चोरी भएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त चोरी मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Hardik ivf

उनीउपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सप्तरी, तिरहुत गाउँपालिका४ बस्ने ४४ वर्षीय सोभित लाल खंगको स.३ प ४२९० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा राजबिराज नगरपालिका ६ बस्ने २० वर्षीय बिशो यादव भन्ने विश्व कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिलाठी  कोईलाडी गाउँपालिका १ स्थित कुनौली भंसार कार्यालय गएको अवस्थामा सोही कार्यालयको अगाडि सडक छेउमा राखेको अवस्थामा मंसिर १३ गते दिउँसो चोरी भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा यादवले चलाई ल्याउँदै गरेको अवस्थामा राजविराज नगरपालिका ५ स्थित उक्त मोटरसाइकल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी  उपर चोरी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्