Kathmandu Press

नवराज गुरुङले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।महाधिवेशन सुरू  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम...
नवराज गुरुङले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।

महाधिवेशन सुरू  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। 

यसैबीच नेपाली कांग्रेसका प्रभावशाली नेता नवराज गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले आदिवासी/जनजातिका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेता गुरुङले आदिवासी जनजातिहरू तथा अन्य समावेशीका जातिहरू सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरूलाई नेपाली कांग्रेसको मूलधारमा ल्याई उनीहरूको बृहत्तर हितमा काम गर्नको लागि उम्मेदवारी दिन लागेको बताए।

२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाएका र ३३ सालमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफू पुराना नेता भए पनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफू पछाडि परेको उनको भनाइ थियो। 

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्