Kathmandu Press

युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।

महाधिवेशन सुरू  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। 

Hardik ivf

यसैबीच नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नेविसंघका पूर्व उपाअध्यक्षसमेत रहेका शाहीले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेकोमा पार्टी शीर्ष नेताको आग्रहमा आफूले फिर्ता लिएको र अब आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने उनको भनाइ थियो।

‘नेविसंघमा लामो विद्यार्थी राजनीति गरेकाले अब पार्टीको मूल राजनीतिमा आउन अपरिहार्य ठानेको छु,’ उनले भने। शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

उनले पार्टीमा युवा जोसको पनि खाँचो रहेको र युवाले बेलैमा राजनीतिको मूल धारमा प्रवेश गरेर उचित स्थान पाए राम्रो काम सक्ने बताए।

कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्