Kathmandu Press

नेविसंघ महामन्त्री दीपक भट्टराईद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।महाधिवेशन सुर  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम उम्मेदवारी...
नेविसंघ महामन्त्री दीपक भट्टराईद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।

महाधिवेशन सुरू  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। नेविसंघका नेताहरुले पनि पार्टी राजनीतिमा आकांक्षा देखाएका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तनहुँ–१ बाट सर्वाधिक मत ल्याई महाधिवेशन प्रतिनिधि बनेका उनले  ‘सवल कांग्रेस र समृद्ध नेपालका लागि राजनीति’ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी थालेका हुन्।

भट्टराई स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका पूर्वसभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री भएका हुन्। 

प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्