जनकपुरधाममा आजबाट तीन दिन शैक्षिक संस्था बन्द
जनकपुरधाम, मंसिर २१ : जनकपुरधाम उपमहानगरपालिकाले आज (मंगलबार) देखि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरेको छ। सीताराम विवाह पञ्चमी महोत्सवमा हुने भीडभाडलाई मध्यनजर...
जनकपुरधाम, मंसिर २१ : जनकपुरधाम उपमहानगरपालिकाले आज (मंगलबार) देखि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरेको छ।
सीताराम विवाह पञ्चमी महोत्सवमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुर उपमहानगरपालिकाले नगरभित्रका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिएको जनाइएको छ।
उपमहानगर शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले मंसिर २१, २२ र २३ गते तीन दिन विद्यालय सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका छन्।
उपमहानगरले विवाह पञ्चमीमा आउने तीर्थालुलाई आवश्यक सहयोग गरिदिनसमेत अनुरोध गरेको छ।
विवाह पञ्चमीका अवसरमा भोलि (बुधबार) प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ।
प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












